तुलसीपुर, १२ श्रावन । दाङको तुलसीपुरमा दुईवटा मोटरसाइकल ठोक्किदा ३ जना घाइते भएका छन् । तुलसीपुरबाट पश्चिमतर्फ जादै गरेको रा ६ प १०१४ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको रा ५ प १९३९ नम्बरको मोटरसाइकल तुलसीपुर–८ चमेखोला नजिकै आपसमा ठोक्किदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
दुर्घटना परी रा ६ प १०१४ नम्बरको मोटरसाइकल चालक तुलसीपुर–९ का २२ वर्षीय संगित चौधरी, रा ५ प १९३९ नम्बरको मोटरसाइकल चालक सल्यानको कालिमाटि गाउँपालिका–३ का ३३ वर्षीय हर्क बहादुर वली र सोही मोटरसाइकलमा पछाडी सवार उहाँकै छोरा १० वर्षीय डिम्पल वली रहेको उहाँले बताउनुभयो । घाइते तिनै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको र दुबै सवारी साधनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।।