काठमाण्डौमा हैजाका तिनजना बिरामी

Views: 1000 49
0 0
Read Time:1 Minute, 41 Second

काठमाण्डौ, १४ श्रावण । काठमाण्डौमा तीन जना हैजाका बिरामी भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रशोगशालामा परीक्षण गर्दा कालीमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय काठमाण्डौका प्रमुख डा.अर्जुन सापकोटाले जानकारी दिनुभयो ।

बिरामीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । यसअघि ललितपुरको एक सुधार केन्द्रमा हैजाका ७ जना बिरामी भेटिएका थिए । कार्यालय प्रमुख डा.सापकोटाले दूषित पानीका कारण हैजा फैलिएको हुनसक्ने बताउनुभयो ।

डाक्टरकाअनुसार हैजाको जीवाणु सङ्क्रमित खाना वा पानी, सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले लाग्ने गर्दछ । सङ्क्रमितको समयमै उपचार नभएमा ज्यान पनि जान सक्छ । हैजाका मुख्य लक्षणमा पातलो तथा चौलानी पानी जस्तो दिसा, वाकवाकी र बान्ता हुने, कडा जलवियोजन हुने हुन्छ ।

यस्तै कडा लक्षण देखिएमा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, तिर्खा लाग्ने, छाला सुक्खा हुने, रक्तचाप कम हुुने, पिसाब पहेँलो हुने र पिसाबको मात्रा कम हुने हुन्छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *