दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

Views: 1000 46
0 0
Read Time:1 Minute, 23 Second

दाङ, १५ श्रावन ।  दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–१ भालुबाङका ५० बर्षिय लोकप्रसाद भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी राम प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सु.प.प्र.००१६ ख २७७९ नम्बरको ट्रकले राप्ती गाउँपालिका–१ भालुबाङ चोकमा फलफूल व्यवसायी गर्दै आएका भट्टाईलाई आज बिहान पौने ८ बजेको समयमा ठक्कर दिँदा दुर्घटना भएको हो ।

मृतकका आफन्तले दोषीलाई कारवाही र मृतक परिवारलाई उचित क्षतिपूर्तिको माग राख्दै केहीबेर पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरेपनी अहिले भने खुलाइएको उहाँले बताउनुभयो । मृतकको शवलाई पोष्टमार्टमको लागी लमही अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *