दाङमा खोलाले बगाएर एकजनाको मृत्यु

Views: 1000 49
0 0
Read Time:1 Minute, 15 Second

तुलसीपुर, १६ श्रावन ।   दाङमा खोलाले बगाउदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–२ झारगाउँ निवासी ६७ वर्षीय तेज बहादुर भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । प्रहरीका अनुसार शान्तिनगर–४ गिदनियामा रहेको आफन्तको घरमा गएर फर्कीने क्रममा चिराघाट खोला तर्दै गर्दा आज दिउँसो १२ बजेको समयमा चिराघाट खोलाले मृतक तेज बहादुर र उहाँकै भाई ६४ वर्षीय चेत बहादुर भण्डारीलाई सँगै बगाएको थियो ।

चेत बहादुर भने पौडी खेलर बाहिर निस्कन सफल भएपनि तेज बहादुरलाई खोलाले बगाएर १ किलोमिटर तल पुर्याएको प्रहरीले जनाएको छ । खोलाले बगाइरहेको स्थानियले देखेपछी बाहिर निकाल्दा मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *