0
0
Read Time:57 Second
झापा, १८ श्रावन । झापाको हल्दिबारीको हुलाकी राजमार्गमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका दुवै जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक हल्दिबारी गाउँपालिका–५ का ३१ वर्षीय प्रेम प्रसाईँ र सुनसरीको बराक्षेत्र नगरपालिका–१० प्रकाशपुरका डिकेस कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई बिर्तामोडको बीएण्डसी अस्पातालमा पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका हुन् । भ्यानका चालक भद्रपुर नगरपालिका–२ का ३७ वर्षीय दिपेन राईलाई प्रहरीले पक्राउ गरेको छ ।।