सुडानमा विद्रोही सेनाको आक्रमणमा परेर २३ जनाको मृत्यु

Views: 1000 44
0 0
Read Time:1 Minute, 35 Second

काठमाडौ, श्रावण २० । सुडानको डार्फर राज्यको राजधानी एलफशरमा विद्रोही अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको आक्रमणमा कम्तीमा २३ जनाको ज्यान गएको छ । ६० जनाभन्दा धेरै घाइते भएका छन् ।

आरएसएफले जानाजान सर्वसाधारणलाई लक्षित गरेर गरेको आक्रमणमा २३ जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । आरएसएफले एउटा स्वास्थ्य चौकीलाई लक्षित गरेर रकेट प्रहार गरेको थियो । एलफशरको दक्षिणी भागमा सरकारी उपस्थिति नरहेकाले यसबारेमा सुडानको आधिकारिक सरकारले कुनै पनि टिप्पणी र धारणा सार्वजनिक गरेको छैन । गएको मे १० तारिखदेखि अलफशरमा सुडानी सशस्त्र बल (एसएएफ) र आरएसएफबीच ठूला झडप भइरहेका छन् । सुडानमा सन् २०२३ को अप्रिल १५ देखि सशस्त्र प्रहरी बल र आरएसएफबीच भएका लडाइँमा १६ हजार ६ सय ५० जनाको ज्यान गएको छ ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार सुडानमा अहिले एक करोड सात लाख जना मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् २२ लाख जनाले अन्य छिमेकी देशहरूमा शरण खोजिरहेका छन् ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *