दाङमा ब्राउन सुगर सहित ४ जना पक्राउ

Views: 1000 49
0 0
Read Time:1 Minute, 47 Second

दाङ,२१ साउन । दाङमा ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा लमही–५ न्युरोडका २२ वर्षीय रवि रसाइली, गोरक्षरोडका २५ वर्षीय आकाश रोका मगर, गढवा गाउँपालिका– ६ कोइलावासका ३६ वर्षीय अब्दुल जम्बार रङरेज र भारत उत्तरप्रदेश बलारामपुर जिल्ला तुलसीपुर ग्राम पञ्चायत बालापुर स्थायी घर भई लमही–५ आदर्शटोलमा डेरा गरी बस्ने वर्ष २२ को गुलाम मस्ताफा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

उनीहरुलाई शनिबार राति करिब साढे नौ बजेको समयमा लमही नगरपालिका–५ मालपोत रोडमा झुण्ड भई बसिरहेको अवस्थामा फेला पारेको हो । लागूऔषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली खटाएको र उनीहरुले खानतलास गर्दा धागोले बाँधी बनाएको पुडिया एक र कालो प्लाष्टिकमा बनाएको पुडिया एक गरी जम्मा दुई पुडिया लागूऔषध ब्राउनसुगर भेटिएको छ । त्यसको तौल प्लाष्टिकसहित तीन सय ८० ग्राम र प्लाष्टिक हटाई धुलो पदार्थको तौल एक सय २० ग्राम रहेको छ । उनीहरुलाई १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *