Read Time:1 Minute, 11 Second
गुल्मी, २२ श्रावण । गुल्मीमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १ बिसौनामा आज बिहान घर माथिबाट गएको पहिरोले विष्णु विक र हुकुम विकको घर पुरिएको हो । पहिरोमा पुरिएर बिसौनाका ४० वर्षीय गोरे विक, ६७ वर्षीय हुकुम विक, ६६ वर्षीया मुसुरी विक र साढे दुई वर्षकी रियन्सी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजन भुजेलले जानकारी दिनुभयो ।
यस्तै पहिरोमा पुरिएर विष्णु विक र नुना विक घाइते हुनुभएको छ । उहाँहरू दुई जनाको स्थानीयवासीले उद्धार गरेका थिए । अहिले उहाँहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । गुल्मीलगायत देशभर गएरातिदेखि निरन्तर वर्षा भइरहेको छ ।।