सवारी दुर्घटना हुदाँ तीन जनाको मृत्यु

Views: 1000 46
0 0
Read Time:2 Minute, 0 Second

काठमाडौँ, २२ श्रावण । सिरहा, सप्तरी र बारा जिल्लामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सिरहा, लहान नगरपालिका-३ हुलाक कार्यालयस्थित सडकमा मधेस प्रदेश ०१-००१ ख ०४४९ नम्बरको ट्रकले स.८ प ९२२३ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकल चालक धनगढीमाई नगरपालिका-१० बस्ने ५१ वर्षीय उत्तम ढकालको घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरी, शम्भुनाथ नगरपालिका १० जमुवास्थित सडकमा स.२ प १७१८ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने पशुपति कान्त मण्डलको छोरा १८ वर्षीय ध्रुव मण्डलको सोमबार राति मृत्यु भएको छ । आफ्नै घर अगाडी बसिरहेको अवस्थामा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बारा, जितपुरसिमरा उपमहानगरपालिका-४ औराहा चोकस्थित सडकमा बा.२० च ८७४२ नम्बरको स्कारपियोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८५ वर्षीय विष्णु बहादुर खड्काको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको ईभरग्रिन तराई हस्पिटल सिमरा हुँदै बयोधा अस्पताल वीरगञ्जमा थप उपचारको क्रममा मृत्यु भएको हो । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *