0
0
Read Time:47 Second
दाङ,२४ साउन । दाङमा औलो संक्रमणबाट एक जनाको मृत्यु भएको छ । राजपुर गाउँपालिका ७ भैंसाही नाकाका २५ बर्षिय डिलशा बुढाको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज बाँकेमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यले बताउनुभयो ।
उहाँका अनुसार टिएफ मलेरिया अर्थात कडा खालको औंलो संक्रमणका कारण बुढाको मृत्यु भएको हो । एक दशक यता नेपालमा औंलो संक्रमणबाट कसैको पनि मृत्यु नभएको र यो घटना पहिलो भएको आचार्यले जानकारी दिनुभयो ।।