दाङ,२४ साउन । दाङबाट बितेको एक बर्षमा वैदेशिक रोजगारीमा गएका ४८ जनाको मृत्यु भएको छ । जसमा ४७ जना पुरुष र एक जना महिला रहेको सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा सञ्चालित सुचना परामर्शकर्ता रीता लामाले जानकारी दिनुभयो । सूचना परामर्शकर्ता लामाका अनुसार मृत्यु भएकामध्ये घोराहीका १६ जना, तुलसीपुरका १२, लमहीका र बबईका ३/३, शान्तिनगरका दुई, दंगीशरण र राजपुरका एक/एक र दाङमा बसोवास गर्ने तर ठेगाना अन्य जिल्ला भएका दश जना रहेका छन् ।
उनिहरु दुबई, मलेसिया, कुबेत, ओमनसँगै जापान लगायतका युरोपियन देशहरुमा गएका रहेका छन् । बैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवारलाई एक वर्षको अवधिमा चार करोड २४ लाख आठ सय ३३ रुपियाँ आर्थिक सहायता प्रदान गरिएको छ । उहाँ अनुसार एक बर्षको अवधिमा वैदेशिक रोजगारीका क्रममा १४ जना बिरामी तथा अंगभंग भएका छन् । तुलसीपुरका सात जना, घोराहीका ५, राजपुर र गढवाका एक/एक जना रहेका छन् ।।