दाङमा मिटर ब्याजको आरोपमा ७ जना पक्राउ

Views: 1000 43
0 0
Read Time:1 Minute, 18 Second

तुलसीपुर, २५ श्रावन ।  दाङमा अनुचित लेनदेन अर्थात मिटर ब्याजको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही–१५ बि.पि. चोक बस्ने ५७ वर्षीया माधवा बस्नेत, उहाँका श्रीमान ५८ वर्षीय धर्म बहादुर बस्नेत, सोही ठाउँका यामा कुमारी बस्नेत, बर्ष ५३ की पार्वता केसी, बर्ष ३४ की ममता कुमारी केसी, बर्ष ३७ की ऋषा बोहरा र घोराही–८ बस्ने ५१ वर्षीय तिलक बहादुर महरा क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मिटर ब्याज तोकेर मानसिक तनावसमेत दिएको भन्दै १० जनाले उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दर्ता गरेपछि दुई पुरुष र पाँच महिला गरी ७ जनालाई थप अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो । पीडितहरूले सात जनाविरुद्ध विभिन्न २४ वटा मुद्दा दर्ता गरेका छन् ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *