दाङको तुलसीपुरमा खोलाले बगाउदा एक महिला बेपत्ता

Views: 1000 44
0 0
Read Time:1 Minute, 28 Second


तुलसीपुर, ६ भदौ ।  दाङको तुलसीपुरमा खोालाले बगाउदा एक महिला बेपत्ता हुनुभएको छ । बेपत्ता हुनेमा तुलसीपुर–३ सितधारा निवासी ६८ वर्षीया रामकली घर्ती रहेको तुलसीपुर–३ का वडासदस्य कर्ण बहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार गत मंगलबार दिउँसो ३ बजेको समयमा सितधाराबाट सातबास जाने क्रममा बल्लेखोला तर्दै गर्दा घर्तीलाई खोलाले बगाएको हो । खोलाले बगाएकी महिलालाई प्रहरी चौकी गोटिखोलाको सहयोगमा लगातार खोजी गर्दा पनि फेला पार्न नसकिएको वडासदस्य बुढाले बताउनुभयो ।

खोलाले बगाएर उहाँलाई बबई नदिमा पुर्याएको हुनसक्ने आसंका गरिएको उहाँको भनाई छ । यता इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले भने महिलालाई खोलाले नै बगाएको भन्ने एकिन नभएको बताउनुभएको छ । बेपत्ता महिलालाई खोलाले बगाएको हुनसक्ने परिवारको आसंका मात्रै रहेको भन्दै प्रहरी निरीक्षक थापाले महिलाको हुलिया कटाएर खोजी कार्य भइरहेको बताउनुभएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *