0
0
Read Time:1 Minute, 1 Second
काठमाण्डौं, ११ भदौ । खोटाङमा पोखरीमा डुबेर एउटै घरका दुई बालबालिकाको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ का ६ वर्षका छोरा सङ्गम राई र साढे २ वर्षकी समृद्धि राईको सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । दाजु बहिनी दिउँसो २ बजे घरबाट हराएका थिए ।
आमा ममता राईले खोज्दै जाँदा बेलुका ६ बजेतिर पोखरीमा डुबिरहेको अवस्थामा बच्चाहरूलाई भेट्नु भएको थियो । सामान्य हात खुट्टा चलाइरहेको अवस्थामा भेटिएका दुवै जनालाई आमाले घर ल्याएको प्रहरीको भनाइ छ । घरमा ल्याउने बित्तिकै दुवै जनाको मृत्यु भएको जानकारी पाएको प्रहरीले जनाएको छ ।।