Read Time:1 Minute, 7 Second
एजेन्सी,१३ भदौ । भारतको गुजरातमा लगातारको वर्षापछि आएको बाढीका कारण २८ जनाको मृत्यु भएको छ । हजारौं मानिस प्रभावित भएका छन् । ४० हजार मानिसलाई उद्धार गरेर सुरक्षित ठाउँमा लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । वर्षा र बाढीबाट सबैभन्दा धेरै प्रभावित बडोदरा शहरबाट सबै मानिस विस्थापित भएका छन् ।
गुजरात सरकारका प्रवक्तासमेत रहेका स्वास्थ्यमन्त्री ऋषिकेश पटेलका अनुसार शहरका धेरै क्षेत्रमा १० देखि १२ फिटसम्म पानी भरिएको छ । गुजरातमा पछिल्लो चार दिनदेखि वर्षा भइरहेको छ भने दुई दिनयता अति ठूलो पानी परिरहेको छ । बडोदरासहित गुजरातको सौराष्ट्र, जामनगर, पोरबन्दर, मोरबी, जूनागढ र राजकोट जिल्ला अति ठूलो वर्षाले अस्तव्यवस्त बनेका छन् ।।