Read Time:1 Minute, 1 Second
चितवन, १७ चैत । चितवनको इच्छाकामना गाउँपालिका–५ पृथ्वी राजमार्गको सिमलधारा नजिकबाट ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँचजनाको ज्यान गएको छ । मुग्लिन बजारबाट एक किलोमिटर नजिकै पर्ने सडकबाट ट्याक्सी त्रिशूली नदीमा खसेको र ट्याक्सीमा रहेका ५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान सवा ७ बजेतिर बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा दुईं पुरुष, दुईं महिला र एक बालिकाको शव फेला परेको तर पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । ट्याक्सी काठमाण्डौबाट गोरखा जाँदै गरेको खुलेको छ । थप विवरण आउन बाकी छ ।।