करेन्ट लागेर २ जनाको मृत्यु

Views: 1000 40
0 0
Read Time:1 Minute, 14 Second

काठमाडौँ, १६ भदौ । सुनसरी र बारामा करेन्ट लागेर २ जनाको मृत्यु भएको हो । सुनसरीको रामधुनी नगरपालिका–४ एकराई घर भएका ५० वर्षीय पाचु उराउको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–२ स्थित निर्माणाधीन घरमा वाईरिङको काम गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

त्यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ जितपुर डेरा गरी बस्ने पर्साको वीरगंज महानगरपालिका–३१ केहुनिया घर भएका १८ वर्षीय राजन पटेलको करेन्ट लागेर शनिबार राती मृत्यु भएको छ । सोही ठाउँस्थित विद्युतीय मोटर जडान भएको कलबाट पानी चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको वीरगंजस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *