करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु

Views: 1000 35
0 0
Read Time:1 Minute, 5 Second

विराटनगर, भदौ २६ । मोरङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–५ नयाँ टोलमा करेन्ट लागेर बुधबार भारत भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र ७२ वर्षीय कुमादेवी मण्डलको मृत्यु भएको हो । प्रहरीका अनुसार उनीहरु श्रीमान श्रीमती हुन् । भारतीय दम्पती बूढीगंगा–५ का देवनारायण चौधरीको फुसको छानो भएको घर भाडामा लिएर खेतीपाती गर्दै आएका थिए ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार विद्युत प्रवाह भइरहेको मोटर चलाएर पानी तान्ने क्रममा क्रममा दुवै जनालाई बिहान ११ः५० बजेतिर करेन्ट लागेको थियो । करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको थियो ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *