त्रिशूली नदीमा ट्याक्सी खस्दा ज्यान गुमाएका सबैको परिचय खुल्यो

Views: 1000 185
0 0
Read Time:1 Minute, 42 Second


काठमाण्डौ, १७ चैत । काठमाण्डौबाट गोरखाको लागि छुटेको ट्याक्सी आज बिहान त्रिशूली नदीमा खस्दा ज्यान गुमाएका पाँच जनाको परिचय खुलेको छ । ज्यान जानेमा ट्याक्सी चालक गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन सिर्मल, सोही ठाउँका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अञ्जना रोकाय, नौ वर्षका बालक आगमन नगरकोटी रहेका छन् । दुर्घटनामा १८ वर्षका दिवस रोकाय बेपत्ता भएको र
उनको खोजी भैरहेको प्रहरीले जनाएको छ । काठमाण्डौको पशुपति आर्यघाटमा आफन्तको दाहसंस्कार सकेर गोरखा फर्किदै गर्दा ट्याक्सी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख भावेश रिमालले जानकारी दिनुभयो ।

गोरखा फर्किदै गरेका तीनवटा गाडीमध्ये अरु दुईवटा गाडी मुग्लिन पुगेपछि ट्याक्सीलाई कुर्दा नआएपछि प्रहरीमा खबर पुगेको थियो । खोज्दै जाँदा सडकको डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा खसेको भेटिएको प्रहरीले जनाएको छ । बिहान सवा सात बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–५ पृथ्वी राजमार्गको सिमलधारा नजिक बा २ ज ४१९६ नम्बरको ट्याक्सी दुर्घटना भएको हो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *