0
0
Read Time:43 Second
काठमाडौ, भदौ २९ । टाइफुन यागी आँधीपछि म्यानमारमा ठूलो बाढी आएको छ । बाढीमा परी कम्तीमा ३३ जनाले ज्यान गुमाएका छन् । दुई लाख तीस हजार भन्दा धेरै मानिस आफ्नो घर छोड्न बाध्य भएका छ्न ।
म्यानमारको सैन्य सरकारले प्रभाव कम गर्न विदेशी सहायताको लागि अनुरोध गरेको छ । राजधानी नेपिडाव सबैभन्दा बढी प्रभावित क्षेत्रमा परेको छ । घरबारविहीन भएका पीडितका लागि केही अस्थायी राहत शिविर स्थापना गरिएको छ ।।