दाङको तुलसीपुरमा २ वटा मोटरसाइकल ठोक्किदा ४ जना घाइते

Views: 1000 52
0 0
Read Time:1 Minute, 37 Second

तुलसीपुर, २ भदौ ।  दाङको तुलसीपुरमा २ वटा मोटरसाइकल ठोक्किदा ४ जना घाइते भएका छन् । तुलसीपुरबाट पश्चिमतर्फ जादै गरेको रा ४ प ३०९३ नम्बरको ३ जना चडेको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको रा ८ प ३८२७ नम्बरको मोटरसाइकल तुलसीपुर–२ लौबस्ता नजिकै ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा परी रा ४ प ३०९३ नम्बरको मोटरसाइकल चालक तुलसीपुर–२ कुमलगडी बस्ने २४ वर्षीय मनोज चौधरी, रा ८ प ३८२७ नम्बरको मोटरसाइकल चालक तुलसीपुर–९ बेलुवाका २४ वर्षीय संजिव चौधरी, सोही मोटरसाइकलमा पछाडी सवार सोही ठाउँका २२ वर्षीय दिल बहादुर चौधरी र २४ वर्षीय कृष्ण चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते तिनैजनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी नर्सिङ होम नेपालगञ्ज रिफर गरिएको छ । घाइते मध्य दिल बहादुरको दायाँ खुट्टा घुडामुनीबाट चुडिएको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *