0
0
Read Time:56 Second
सङ्खुवासभा,२ असोज । सङ्खुवासभाको मकालु गाउँपालिका वडा नम्बर ३ नेता भीर नजिकै ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टर चालक खाँदबारी नगरपालिका वडा नम्बर ८ का किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो ।
आज बिहान खाँदबारी–किमाथाङ्का सडक खण्डको मकालु–३ भीरबाट ट्रयाक्टर खसेको र दुई जनाको घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो । भीरबाट खसेको ट्रयाक्टर अरुण नदीले बगाएको प्रहरीले जनाएको छ ।।