पश्चिम दाङमा स्कुल बसको ठक्करबाट बाख्राको खोर भत्कियो, एकजना घाइते

Views: 1000 243
0 0
Read Time:1 Minute, 12 Second


तुलसीपुर, १८ चैत । पश्चिम दाङमा स्कुल बसको ठक्करबाट बाख्राको खोर भत्किएको छ भने एकजना घाइते घाइते भएका छन् । घाइते हुनेमा बबई गाउँपालिका–४ सुर्यनगरका अन्दाजी २८/२९ वर्षीय सुर्य बहादुर बुढा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिजो शनिबार बेलुका ६ बजेको समयमा ग्रेड आइडिएल एकेडेमी स्कुलको बस सडकमा मोड्ने क्रममा छेउमा रहेको धन बहादुर बुढाको घरमा ठोक्किदा सँगै सटेको बाख्राको खोर भत्किनुका साथै घर छेउमा बसिरहेका सुर्य बहादुरलाई ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका बुढालाई सिटि हस्पीटल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *