दाङको दंगीशरण–१ को फुर्केसल्लीमा टावर निर्माणको काम अन्तिम चरणमा

Views: 1000 43
0 0
Read Time:1 Minute, 36 Second

तुलसीपुर, ५ असोज ।  पश्चिम दाङको दंगीशरण गाउँपालिका–१ को फुर्केसल्लीमा टावर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । फुर्केसल्लीको ठाँटी र लामितराको बिच डाँडामा निर्माण गर्न लागिएको नेपाल टेलिकमको टावरको काम अन्तिम चरणमा पुगेको वडाअध्यक्ष रमेश भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार टावर जोड्ने काम झण्डै सकिएको छ भने अहिले पेन्टिङको काम भइरहेको छ । टावर निर्माणको काम पुर्ण रुपमा सम्पन्न भइसकेपछी नेटवर्क छोड्ने सम्बन्धि अन्य कामको प्रकृया सुरु हुने उहाँले बताउनुभयो ।

सबै प्रकृया मिलाउनुपर्ने र विद्युतसमेत जडान गर्नुपर्ने भएकाले टावर सुचारु हुन भने समय लाग्ने भएको छ । सञ्चारको पहँुचबाट बञ्चित रहेको फुर्केसल्लीमा अब नेपाल टेलिकमको टावर निर्माण गरिएसँगै विभिन्न किसिमको इन्टरनेटसम्बन्धिका कामहरु गर्न सहज हुने अपेक्षा गरिएको स्थानियले बताएका छन् । टावर सुचारु भएपछी सामान्य फोन गर्न र नेट चलाउन अग्ला डाँडामा जानुपर्ने बाध्यताको अन्त्य हुने भएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *