दाङको तुलसीपुरका बिभिन्न स्थानमा ६ दिन विद्युत सेवा अबरुद्ध हुने

Views: 1000 47
0 0
Read Time:59 Second

तुलसीपुर, ५ कात्तिक । दाङको तुलसीपुरमा ६ दिन विद्युत सेवा अबरुद्ध हुने भएको छ । आज सोमबारदेखि कात्तिक १०गते सम्म विद्युत सेवा अबरुद्ध हुने तुलसीपुर वितरण केन्द्रका प्रमुख शिव नारायण गोशलीले जानकारी दिनुभएको छ । उहाँका अनुसार ३३ केभी लाइन र ११ केभी फिडरहरुमा मर्मत गर्नुपर्ने भएकाले विहान ९ बजेदेखि साँझ ५ बजेसम्म अबरुद्ध हुने बताउनुभयो ।

फुलवारी,बाघमारे, बालापुर, मानपुर, भमके,कपुरकोटलगायतका स्थानमा विद्युत सेवा अबरुद्ध हुने भएको छ । मर्मत कार्य सकिएमा निर्धारित समयभन्दा अघि पनि विद्युत सुचारु गर्न सकिने प्राधिकरणले जनाएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *