दाङको तुलसीपुरमा स्कुटी दुर्घटना हुँदा एकजनाको मृत्यु

Views: 1000 45
0 0
Read Time:1 Minute, 23 Second

तुलसीपुर, १३ कात्तिक ।  दाङको तुलसीपुरमा स्कुटी दुर्घटनामा परी घाइते भएका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–१८ का मान बहादुर बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार कात्तिक ९ गते साँझ ५ बजेको समयमा तुलसीपुरबाट घोराहीतर्फ जादै गरेको रा ३ प ३४६६ नम्बरको स्कुटी तुलसीपुर–१७ मज्गै नजिकै आफै अनियन्त्रीत भएर पल्टिदा बिक घाइते हुनुभएको थियो ।

दुर्घटनामा परी स्कुटी चालक उहाँका छोरा निम बहादुर बिक पनि सामान्य घाइते भएकोमा उपचार पछी डिस्चार्ज भइसेकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गम्भिर घाइते मान बहादुरलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचार पछी थप उपचारका लागी काठमाडौं पठाइएको थियो । उहाँको उपचारकै क्रममा आज मृत्यु भएको हो ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *