दाङको तुलसीपुरमा तिहारकै दिन जुवाको खालबाट १० जना पक्राउ

Views: 1000 40
0 0
Read Time:1 Minute, 26 Second

तुलसीपुर, १८ कात्तिक ।  दाङको तुलसीपुरमा जुवाको खालबाट १० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर–१७ बनकट्टा निवासी ५७ बर्षीय भिम वली, ४९ बर्षीय लुमा सिंह बस्नेत, सोही ठाउँका ३२ बर्षीय नर बहादुर चौधरी, ५८ बर्षीय केशर बहादुर वली, ३६ बर्षीय शरद वली, ३८ बर्षीय सुशिल वली, ४१ बर्षीय रेख बहादुर वली, ४९ बर्षीय मदन वली, घरधनी ५१ बर्षीय देव बहादुर वली र घोराही–९ का ४९ बर्षीय बालाराम भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी इश्वर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बनकट्टाका देव बहादुर वलीको घरमा पैसा हारजित हुने गरी जुवा (कौडा) खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई गएराती साढे १ बजेको समयमा पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट १ लाख ३३ हजार १ सय १० रुपैयाँ नगदसहित १७ थान कौडा पनि बरामद गरेको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *