Read Time:1 Minute, 1 Second
बैतडी, ३० कात्तिक । दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म १ ज ३३८ नम्बरको जीप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको खोलामा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
घटनामा परेर ७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रकाश दाहलले जानकारी दिनुभयो । मालिकार्जुन मन्दिरमा जात्रा हेरेर फर्किदै गरेका दर्शनार्थीहरु सवार गाडी दुर्घटनामा परेको थियो । मृतकको सनाखत नभएको र घाइतेहरुको अवस्था पनि गम्भीर रहेको डिएसपी दहालले जानकारी दिनुभएको छ ।।