0
0
Read Time:53 Second
तुलसीपुर, १७ मंसिर । दाङमा कौडा खेलिरहेका १७ जना पक्राउ परेका छन् । गएराति १२ वजेको समयमा घोराही उपमहानगरपालिका १५ अमृत टोल स्थित ठाकुर खनालले हारजित हुने गरी हारजित हुने गरी कौडा खेलाइहेको भन्ने गोप्य सुचनाको आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट १६ थान कौडा सहित १ लाख ५२ हजार ५५ रुपैयाँ समेत बरामद गरेको जिल्ला प्रकरी कार्यालय दाङका प्रवक्ता एवम् सुचना अधिकारी इश्वर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेकाहरु माथि थप अनुसन्धान भैरहेको छ ।।