दाङमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु

Views: 1000 29
0 0
Read Time:1 Minute, 1 Second

तुलसीपुर, १ पौष ।  दाङमा गाडी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तुको शिवराज नगरपालिका–३ की ४२ वर्षीया प्रिथी थारु र सोही ठाउँकी ६० वर्षीया फुलसी थारु रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी ईश्वर थापाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउखोला बक्सकटिङ नजिकै आज बिहान लु १ ज ४२९८ नम्बरको गाडी दुर्घटना हुँदा अन्य १२ जना घाइते भएका छन् । कपिलवस्तुको चद्रौटाबाट बर्दियातर्फ जाँदै गरेको गाडी आज बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकाहरूको लमही अस्पतालमा उपचार भइरहेको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *