तुलसीपुर, २ पौष । दाङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–३ बसन्तपुर निवासी १८ बर्षीय सोनु गुरूङ रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी ईश्वर थापाले जानकारी दिनुभयो । पहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुर्खेतबाट भैरहवा जादै गरेको बा ४ ख २२६१ नम्बरको ट्रकले राप्ती गाउँपालिका–२ लालमटिया कटेशनाला नजिकै पुर्वबाट पश्चिमतर्फ आउदै गरेको रा ८ प ४१४६ नम्बरको मोटरसाइकललाई हिजो सोमबार बेलुका साढे ६ बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी गम्भिर घाइते भएका गुरुङको भालुवाङ अस्पतालमा उपचारकै क्रममा ७ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रकसहित चालक रामेछापको सुनापति गाउँपालिका–५ का ४१ बर्षीय सोम तामाङलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।।