दाङको तुलसीपुरमा भ्यानले ठक्कर दिदाँ एक महिलाको मृत्यु

Views: 1000 28
0 0
Read Time:1 Minute, 28 Second

तुलसीपुर, पौष ३ ।  दाङको तुलसीपुरमा पिकअप भ्यानको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–५ निवासी ५० बर्षीया लिला भुसाल रहेको इलका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार तुलसीपुरबाट घोराहीतर्फ जादै गरेको रा ७ प ११३५ नम्बरको स्कुटिलाई विपरित दिशाबाट आउदै गरेको रा १ च १३०० नम्बरको पिकअप भ्यानले तुलसीपुर–७ हात्तिखौवा ओरालोमा साढे १ बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भिर घाइते भएकी लिलाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा पौने २ बजेको समयमा मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताउनुभयो । स्कुटि चालक मृतककै छोरा २७ बर्षीय निमलाल भुसाल सामान्य घाइते भएको प्रहरीले जनाएको छ । पिकअप र स्कुटिलाई नियन्त्रणमा लिएको र पिकअप चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
100 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *