तुलसीपुर, पाैष ५ । दाङको तुलसीपुरमा एक समुहको ग्रासी प्रहारबाट दुईजना घाइते भएका छ्न । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका ७ का ३० वर्षका सुरेश रसाइली र सोही ठाउँ बस्ने वर्ष २८ का सुरज पुन रहेको इलाका प्रहरी कार्यलय तुलसीपुरका प्रहरी निरीक्षक तथा सुचना अधिकारी प्रकाश थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार पौष ४ गते राती करिब १० बजेको समयमा तुलसीपुर उपमहानगरपालिका १८ माल बिजौरी प्रचण्ड निराना पसलमा सामान किनि रहेको अबस्थामा उनीहरु माथी मासु काट्ने ग्रासी प्रहार भएको हो । घटनामा संलग्न सोही ठाउँका अन्दाजी ३०/३२ वर्षका प्रकाश चौधरी,वर्ष ३० का सन्दिप चौधरी र वर्ष ३१ का रेशम चौधरी फरार रहेको र उनीहरुको खोजी भै रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागि नर्सिङ होम नेपालगन्ज बाकेमा रिफर गरिएको छ ।।
दाङको तुलसीपुरमा ग्रासी प्रहारबाट दुईजना घाइते
Views: 1000 30
Read Time:1 Minute, 23 Second