Read Time:1 Minute, 17 Second
तुलसीपुर, पौष ७ । दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुदा २ जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–११ का ३१ बर्षीय पंकज खत्री र पछाडी सवार रहेका रोल्पाको परिवर्तन गाउँपालिका–२ का ३१ बर्षकै दिलप्रसाद खत्री रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार तुलसीपुरबाट जसपुरतर्फ जादै गरेका रा ३ प ६४९३ नम्बरको मोटरसाइकल तुलसीपुर–१२ टरिगाँउ एयरपोर्ट नजिकै आज दिउँसो ४ बजेको समयमा आफै अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका दुबैजनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रिफर गरिएको प्रहरीले जनाएको छ । मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।।