दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका १ जनाको मृत्यु

Views: 1000 18
0 0
Read Time:1 Minute, 30 Second

तुलसीपुर, पौष ८ ।  दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको परिवर्तन गाउँपालिका–२ का ३१ बर्षका दिलप्रसाद खत्री रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । तुलसीपुरबाट जसपुरतर्फ जादै गरेको रा ३ प ६४९३ नम्बरको मोटरसाइकल तुलसीपुर–१२ टरिगाँउ एयरपोर्ट नजिकै हिजो आइतबार दिउँसो ४ बजेको समयमा आफै अनियन्त्रित भएर पल्टिदा खत्री गम्भिर घाइते हुनुभएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर–११ का ३१ बर्षीय पंकज खत्री पनि घाइते हुनुभएको थियो । घाइते दुबैजनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रिफर गरिएकोमा उपचारकै क्रममा उनको गएराती १० बजेको समयमा नेपालगञ्ज मेडिकल कलेज कोहरपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाइते पंकज खत्रीको अहिले उपचार भइरहेको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *