दाङमा ट्रकले ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु

Views: 1000 18
0 0
Read Time:1 Minute, 15 Second

तुलसीपुर, पौष ९ ।  दाङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–४ भरिपुर निवासी २६ बर्षीय गणेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता तथा डीएसपी इश्वर थापाले जानकारी दिनुभयो । प्रहरीका अनुसार पुर्व–पश्चिम राजमार्ग अन्र्तगत लमही नगरपालिका–७ पदमिनि खोला नजिकै लु १ ख ९३५२ नम्बरको ट्रकले सोही दिशातर्फ जादै गरेको लु.प्र. ०१–००२ प ११४८ नम्बरको मोटरसाइकललाई गएराती साढे ८ बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भिर घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारकै क्रममा राती सवा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालक रुपन्देहीको स्यारी गाउँपालिका–४ का २९ बर्षीय जितेन्द्र राजभरलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *