कर्णाली र सुदूरपश्चिममा वर्षा – उच्च क्षेत्रमा हिमपात

Views: 1000 12
0 0
Read Time:2 Minute, 28 Second

काठमाण्डाै, पाैष १३ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । कतिपय ठाउँमा पानी पनि परेको छ । पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभावले सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै ठाउँमा पानी परेको हो । सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भइरहेको छ । हुम्लाको सदरमुकाम सिमकोटमा चार इन्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको छ ।

हुम्लामा यस वर्ष तेस्रो पटक हिमपात हुँदा किसानलाई राहत मिलेको स्थानीयवासी गौगोरा बोहराले बताउनुभयो । यति बेला परेको हिउँले जेठासी बाली अर्थात् उवा, जौ, गहुँ राम्रो हुने भएकोले किसान खुशी भएका छन् । हिउँ हुम्लाका किसानका लागि सिँचाइको मुख्य स्रोत हो ।

हिमपातले चिसो पनि बढेको छ । हुम्लाको तापक्रम माइनस ७ डिग्री सेल्सियस छ । चिसाेका कारण स्थानीयवासी घरबाहिर निस्कन सकेका छैनन् । हिजो बेलुकी पश्चिमबाट प्रवेश गरेको पानी पार्ने प्रणाली पूर्वसम्म पुगेको छ । आज सुदूरपश्चिम प्रदेशका धेरै ठाउँ साथै कर्णाली प्रदेश र कोशी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काठमाण्डौ उपत्यकामा पनि हल्का पानी पर्ने सम्भावना छ । भोलि दिउँसोदेखि मौसममा क्रमिक सुधार हुने मौसमविद्ले बताएका छन् । पानी पर्न रोकिएपछि चिसो झनै बढ्ने भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *