दाङको कर्णाली विकास बैंक डुब्यो, तुलसीपुर शाखामा ग्राहकको भिड, बैंक रित्तै

Views: 1000 7
0 0
Read Time:5 Minute, 48 Second

तुलसीपुर, पौष २३ ।  दाङको तुलसीपुर–५ का अमलाल बिकको झण्डै २६ लाख रुपैयाँ कर्णाली विकास बैंक तुलसीपुर शाखामा छ । उहाँले १६ लाख मुद्धती खाता र १० लाख रुपैया चल्ती खातामा राख्नुभएको छ । कर्णाली विकास बैंकमा धेरै ब्याज पाइन्छ भन्ने सुनेर अन्य सबै बैंकमा राखेको पैसासमेत झिकेर कर्णाली विकास बैंकमा जम्मा गरेका अमलालले अहिले ब्याजको सट्टा साउपनि नपाउने होकी भन्ने चिन्तामा रहेको बताउनुभयो । ‘श्रीमती विरामी भएर राप्ती प्रादेशिक अस्पतालमा भर्ना गरेको छु, उहाँले भन्नुभयो,’–डाक्टरले अन्यत्र लैजानुस् भनिराख्नुभएको छ, म सँग पैसा छैन । आफ्नो पैसा भएर पनि आफुसँग नहुदा पैसा नभएको जस्तै भएको छ । बैंकमा धाउन लाएको हप्तादिन भइसक्यो । पैसा पाइएको छैन । धेरै समस्या भयो ।’ आफ्नो पैसा फिर्ता पाइन्न की भन्ने चिन्ताले निदभोकै हराउन थालेको उहाँले बताउनुभएको छ ।

यस्तै तुलसीपुर–१२ टरिगाउँकी असारी बुढाले पनि विगत १५/२० बर्ष अघिदेखी निरन्तर कर्णाली विकास बैंकमै कारोबार गर्दै आउनुभएको छ । तर, श्रीमानलाई विदेश पठाउनको लागी पैसा लिन बैंकमा पुग्दा बैंकले पैसा दिन नसक्ने बताएपछि अहिले उहाँलाई तनाव भएको छ । भिसाको म्याद सकिन लागेको बताउदै उहाँले बैंकले पैसा नदिदा श्रीमान विदेश जानबाट रोकिनु परेको बताउनुभयो । यसैगरी आफैले बैंकमा राखेको पैसा पनि नपाउने अवस्था भएपछी अब बैंकप्रतिको विस्वास पनि हराउदै गएको तुलसीपुर–१० का रोमहर्स केसीले बताउनुभयो । घरमा राख्दा र अन्य व्यक्तीलाई दिदा पैसा असुरक्षित हुने भन्दै बैंकमा जम्मा गरेपनि अहिले बैंक नै असुरक्षित हुन थालेको उहाँको भनाई छ । यसले गर्दा आम नागरिक त्रसित हुने बेला भएको भन्दै यसतर्फ सम्बन्धित निकाय गम्भिर बन्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

यता कर्णाली विकास बैंक तुलसीपुरका प्रमुख सुमन बस्नेतले बैंकको केन्द्रिय कार्यालयबाटै यस्तो समस्या भएको बताउनुभएको छ । सोही कारण अहिले कर्णाली विकास बैंक राष्ट्र बैकको स्वामित्वमा गैसकेको भन्दै उहाँले अहिले साना ग्राहकहरुलाई थोरथोरै रकम दिदै आएको बताउनुभयो । केन्द्रबाट शाखामा पैसा थोरै आउने गरेको भन्दै उहाँले तत्काल धेरै रकम दिन सक्ने अवस्था नरहेको बताउनुभयो । विशेषगरी साना ग्राहक, विरामी, अशक्त र ज्येष्ठ नागरिकहरुलाई पहिलो प्राथामिकतामा राखेर एकजनालाई बढिमा २५ हजारसम्म दिदै आएको उहाँले बताउनुभयो ।
बचतकर्ताको ५ लाख सम्मको रकम सुरक्षित छ : राष्ट्र बैंक
यता नेपाल राष्ट्र बैंकले भने बचतकर्ताको ५ लाख सम्मको रकम सुरक्षित रहेको बताएको छ । अहिले राष्ट्र बैंकले नै कर्णाली विकास बैंकको व्यवस्थापन गरिहेको भन्दै नेपाल राष्ट्र बैंकका केन्द्रिय सहायक प्रवक्ता भागवत आचार्यले बचतकर्ताहरुको ५ लाख रुपैयाँसम्मको रकम सुरक्षित रहेको बताउनुभएको हो । ५ लाख सम्मको विमा हुने भएकाले त्यो सुरक्षित भएपनि अन्य धेरै रकम भएकाहरुको हकमा भने बैंकले गरेको लगानी फिर्ता भएको अवस्थामा बचतकर्ताहरुले पाउन सक्ने सम्भावना रहेको उहाँको भनाई छ । बैंकको अवस्था ओरालो लाग्दै गएपछी राष्ट्र बैंकले यही पुस १० गते कर्णाली विकास बैंकलाई समस्याग्रस्त बैंकका रुपमा घोषणा गरिसकेको उहाँले बताउनुभयो । बैंकले लगानी गरेको (कर्जा दिएको) पैसा ऋणीले फिर्ता नगर्दा बैंक धरासायी बन्दै गएपछि राष्ट्र बैंकले कब्जा गरेको उहाँको भनाई छ । उहाँका अनुसार अहिले कर्णाली विकास बैंक राष्ट्र बैंकका कर्मचारीहरुले चलाइरहेका छन् । बैंकका सञ्चालक समितिलाई हटाएर बैंकको फसेको लगानी उठाएर पुर्नस्थापित गर्ने काम भइरहेको प्रवक्ता आचार्यले बताउनुभयो ।
नेपाल राष्ट्र बैंकबाट (ख) बर्गको इजाजत प्राप्त कर्णाली विकास बैंकको केन्द्रिय कार्यालय बाँकेको नेपालगञ्जमा रहेको छ । दाङसहित बाँके र बर्दिया गरी ३ जिल्लामा ५० बढि शाखा रहेको कर्णाली विकास बैंकका ५० हजार भन्दा धेरै ग्राहक रहेका छन् । दाङको तुलसीपुर शाखामा मात्रै १० हजार बढि ग्राहक रहेका छन् ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
100 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *