0
0
Read Time:47 Second
काठमाडौं, २० चैत । सिरियाको राजधानी दमास्कसमा रहेको इरानी महावाणिज्य दूतावासमा आक्रमण हुँदा पाँचजनाको मृत्यु भएको छ । आक्रमणमा सुरक्षा निकायका वरिष्ठ अधिकारी सहित पाँचजनाको ज्यान गएको हो । आक्रमणका कारण मेजेह शहरमा रहेको इरानी दूतावास नजिकै रहेको भवन भग्नावशेषमा परिणत भएको तर इरानी दूतावासमा भने खासै क्षति नभएको खबरमा उल्लेख छ । इरान र सिरियाका विदेशमन्त्रीहरूले आक्रमणको कडा निन्दा गरेका छन् । तर, इजरायलको सेनाले भने घटनाबारे कुनै प्रतिक्रिया नदिने बताएको छ ।।