विद्यार्थीको संख्या अत्यधिक बढेपछी मावि तुलसीपुर सेन्टरलाई थेग्नै मुस्किन

Views: 1000 139
0 0
Read Time:2 Minute, 35 Second


तुलसीपुर, २५ चैत ।  दाङको तुलसीपुरमा रहेको माध्यामिक विद्यालय तुलसीपुर सेन्टरमा विद्यार्थीको संख्या बढ्दै गएको छ । विद्यार्थीको संख्या अत्यधिक रुपमा बढ्न थालेपछी भर्ना नै राक्ने अवस्थामा पुगेको विद्यालयले आज पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । तर, विद्यार्थीको संख्या बढाउने भन्दा पनि गुणस्तरिय शिक्षा प्रदान गर्नेमा आफुहरुको ध्यान केन्द्रित रहेको प्रधानाध्यापक भागवत पौडेलले बताउनुभएको छ । विद्यार्थी धेरै भएपछी गतबर्ष मात्रै १ हजार भन्दा धेरै विद्यार्थीलाई भर्ना गर्न नसकेर फिर्ता गर्नुपरेको उहाँले बताउनुभयो । विद्यालयले बोर्डीङबाट आउने भन्दा सरकारी स्कलबाट आउने विद्यार्थीलाई बढि प्राथामिकता दिएको उहाँको भनाई छ ।

बोर्डीङबाट आएका विद्यार्थीहरु भर्ना गर्दा पछी राम्रो अंक ल्याउन नसकेको बताउदै उहाँले पछिल्लो अवस्थामा बोर्डीङ भन्दा सरकारी विद्यालयबाट आएका विद्यार्थीहरु पढाइमा अब्बल देखिएको बताउनुभयो । यद्यवी मावि सेन्टरमा पढाउने शिक्षकहरुले भने आफ्ना छोराछोरीलाई अन्य विद्यालयमा पढाउन नमिल्ने बाध्यकारी निर्णय पनि विद्यालयले गरेको उहाँले जानकारी दिनुभयो । मावि सेन्टरका शिक्षकले मावि सेन्टरमै छोराछोरीलाई भर्ना गर्नुपर्ने भन्दै यदी कोही शिक्षकले छोराछोरीलाई मावि सेन्टरमा पढाउन नमानेको अवस्थामा त्यस्ता शिक्षकलाई अन्यन्त्र जान सक्ने सुविधा समेत प्रदान गरेको प्रधानाध्यापक पौडेलले बताउनुभयो । अन्य विद्यालयहरु भन्दा फरक तरिकाले पठनपाठन सञ्चालन गरेका कारणले पनि मावि सेन्टरमा विद्यार्थीको चाप बढेको उहाँले बताउनुभयो । किताबी ज्ञान सँगसँगै आफुहरुले जिवनउपयोगी शिक्षामा समेत ध्यान दिएको उहाँको भनाई छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *