तुलसीपुरमा झन्डै १६ लाख लागतमा शिव मन्दिर निर्माण

Views: 1000 124
0 0
Read Time:1 Minute, 52 Second


तुलसीपुर, २८ चैत ।
दाङको तुलसीपुर–३ दमारगाउँमा १६ लाख लागतमा शिव मन्दिर निर्माण गरिएको छ । सहयोगी दाताहरुको सहयोग तथा स्थानियको श्रमदान समेत गरी जम्मा १५ लाख ९६ हजार लागतमा निर्माण गरिएको शिद्धेश्वर शिव मन्दिरको हिजो मंगलबार एक कार्यक्रममा बिच प्रतिनिधिसभा सदस्य दिपक गिरीले उद्घाटन गर्नुभएको हो । मन्दिरको निर्माण कार्य सम्पन्न भएपनि संरक्षणसँगै अन्य काम भने बाँकी रहेको मन्दिर व्यवस्थापन समितिका सचिव रिता केसीले बताउनुभयो । तुलसीपुर–३ को एकता टोल भवन नजिकै निर्माण गरिएको सो मन्दिर पातुखोला छेउमा पर्ने भएकाले पनि धेरै जोखिम रहेको उहाँले बताउनुभयो ।

मन्दिर संरक्षणका लागी वरिपरीबाट पर्खालको आवश्यकता रहेको र खोलामा वाल लगाउन बाँकी रहेको उहाँले बताउनुभयो । मन्दिर निर्माणका लागी वडा कार्यालयले १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको भन्दै सचिव केसीले अब मन्दिर निर्माणको कामलाई पुर्णता दिनका लागी झन्डै ७र८ लाख रुपैयाँ आवश्यक पर्ने देखिएको बताउनुभयो । विभिन्न चाडपर्वहरुमा पुजा गर्नको लागी शिव मन्दिरहरु नजिमा नहुदा टाढाँ गएर भिडभाडमा घन्टौ लाइन लाग्नुपर्ने बाध्यता भएकाले आफ्नै टोलमा शिव मन्दिर निर्माण गरिएको उहाँको भनाई छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *