तुलसीपुर, २८ चैत । दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक तुलसीपुर–१६ घरभई अहिले घोराही–१७ मा बस्दै आएका २३ वर्षीय सौगात वली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख (एसपी) राम बहादुर केसीले जानकारी दिनुभयो । दुर्घटनामा परी सोही मोटरसाइकलमा सवार तुलसीपुर–११ का ३५ वर्षीय सरद लामीछाने गम्भिर घाइते भएकाले थप उपचारका लागी काठमाडौं रिफर गरिएको उहाँले बताउनुभयो । प्रहरीका अनुसार तुलसीपुरबाट काठमाडौंका लागी छुटेको ना ६ ख १४८६ नम्बरको रात्री बसले विपरित दिशाबाट आउदै गरेको लु ४१ प ८०९२ नम्बरको मोटरसाइकललाई गयराती पौने ९ बजेको समयमा घोराही–१७ बेलबास नजिकै ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनापछी मृतकका परिवारले घोराही–तुलसीपुर सडक अवरुद्ध पारेका थिए । पिडितलाई क्षेतीपर्ती दिने सहमतीमा अहिले सडक ख्लाइएको प्रहरीले जनाएको छ ।।
दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
Views: 1000 141
Read Time:1 Minute, 20 Second