आईपीएल क्रिकेटमा मुम्बईले बेंगलूरुलाई ७ विकेटले हरायो

Views: 1000 109
0 0
Read Time:1 Minute, 41 Second

काठमाण्डौ, चैत ३० । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) लाई ७ विकेटले हराएको छ । आरसिबिले दिएको १ सय ९७ रनको लक्ष्य मुम्बईले १५ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेटायो ।
मुम्बईका लागि ओपनर इशन किशनले सर्वाधिक ६९ रन बनाए । यस्तै सूर्यकुमार यादवले ५२ रन बनाए । आरसिबिका लागि आकाश दिप, विजयकुमार विशाक र विल ज्याक्सले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसिबिले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९६ रन बनाएको थियो । आरसिबिका लागि कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ६१ रन बनाए । दिनेश कार्तिकले ५३  र रजत पतिडरले ५१ रन बनाए ।
मुम्बईका जसप्रित बुम्राह एक्लैले ५ विकेट लिएका थिए । जित पछि मुम्बई ५ खेलमा ४ अङ्क सहित सातौँ स्थानमा छ । आरसिबि ६ खेलमा २ अङ्क सहित नवौँ स्थानमा छ । आईपीएलमा आज लखनऊ सुपर जाएन्ट्स र दिल्ली क्यापिटल्स खेल्दैछन् ।
लखनऊमा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *