शीर्ष नेतालाई सरकारमा पठाएपछि कसरी चल्दैछ रास्वपा ?

Views: 1000 102
0 0
Read Time:3 Minute, 27 Second

रवि, डीपी, सुमन, विराज सरकारमा गए पनि रास्वपाको आन्तरिक गतिविधिमा कुनै प्रभाव नपरेको नेताहरू दाबी गर्छन् । तर दबाब यात्रा, कर्णाली अभियानलगायत पूर्वयोजना कार्यान्वयनमा असर देखिएको छ ।
३० चैत, काठमाडौं । पार्टी प्रमुख सहित उपल्लो तहका नेताहरू सरकारमा सहभागी हुँदा दलको आन्तरिक सांगठनिक गतिविधिमा असर गर्ने बहस बेलाबेला उठ्ने गर्छ । वर्तमान सरकारमा पार्टी प्रमुखसहित शीर्ष तहका नेताहरू सहभागी हुनेमा अरू दलभन्दा राष्ट्रिय स्वतन्त्र पार्टी अघि छ ।
सभापति रवि लामिछानले गृह, उपसभापति डीपी अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा, सह-महामन्त्री सुमना श्रेष्ठले शिक्षा विज्ञान तथा प्रविधि र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद मन्त्रालय सम्हालेका छन् । पार्टीको उपल्लो तहको भूमिकामा रहेका नेताहरू सरकारमा सहभागी हुँदा पार्टीको आन्तरिक जीवनमा प्रभाव पारेको हुन्छ । पार्टी गतिविधि एवं संगठन विस्तारमा कमी आउन सक्छन् ।
रास्वपाका महामन्त्री मुकुल ढकालको दाबीअनुुसार शीर्ष तहका नेताहरू सरकारमा सहभागी हुँदा दलको आन्तरिक गतिविधिमा कुनै प्रभाव परेको छैन । ‘सरकारमा सहभागी नेताहरू पार्टीका काममा लाग्नु हुन्न भन्ने नै हाम्रो मान्यता हो,’ ढकाल भन्छन्, ‘पार्टी जुन रूपले चल्नुपर्ने थियो, सरकारमा गए पनि त्यहीअनुसार चलेको छ ।’
सरकारमा सहभागी भएपछि सभापति लामिछाने, उपसभापति अर्याल, संसदीय दलको उपनेता श्रेष्ठ र सहमहामन्त्री श्रेष्ठको नियमित पार्टी कार्यालय जाने क्रम घटेको छ । पार्टीको शीर्ष तहको जिम्मेवारीमा रहेका चार जना सरकारमा सहभागी भए पनि पार्टीको दैनन्दिनका कार्यमा प्रभावित नभएको सह-प्रवक्ता मनिष झा दाबी गर्छन् ।
‘संस्थापन कालदेखि पार्टीका काममा लागेका केही नेताहरू पहिलेकै अनुसार आफ्नो कार्यमा संलग्न हुनुहुन्छ,’ झा भन्छन्,‘कार्य विभाजन भएको छ । सरकारमा जाँदा पाटीको काममा असर पर्दैन ।’
रास्वपाले मन्त्रीहरुको कार्यलाई प्रभावकारी बनाउने र उपनिर्वाचनमा केन्द्रित हुने गरी पार्टी शक्ति परिचालित गरेको छ । ‘सरकारमा नगएको भए पनि अहिले पार्टी चुनाव केन्द्रीत हुने थियो । सरकारमा गएपनि चुनाव केन्द्रीत हुनै पर्‍यो,’ ढकाल भन्छन् । पार्टी सरकार जाँदा संगठन विस्तार, पार्टीले आयोजना गर्ने कार्यक्रम लगायतमा असर नगरेको ढकाल दाबी गर्छन् ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *