पश्चिम दाङमा स्कुटर र मोटरसाइकल ठोक्किदा ४ जना घाइते

Views: 1000 66
0 0
Read Time:1 Minute, 23 Second


तुलसीपुर, १ बैशाख । पश्चिम दाङमा स्कुटर र मोटरसाइकल ठोक्किदा ४ जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर-३ निवासी १९ बर्षीय आशिस खड्का, मोटरसाइकलमा पछाडी सवार रहेका सोही ठाउका १४ बर्षीय सरज खड्का, स्कुटर चालक बबई गाउँपालिका-३ हंसपुरका ५२ बर्षीय देब प्रसाद आचार्य र स्कुटरमा सवार सोही वडाको खैरबट्टीका ४८ बर्षीय कुल बहादुर वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार हंसपुरबाट हापुरेतर्फ आउदै गरेको रा८प ३२८७ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ आउदै गरेको रा ५ प ९६७५ नम्बरको स्कुटर बबई-५ पदमपुर नजिकै ठोक्किदा दुर्घटना भएको हो । घाइतेमध्य दुबै सवारी चालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको र पछाडी सवार दुबैजनालाइ थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *