विपद्का घटनाबाट ४ सय ९३ जनाको मृत्यु – ५ अर्ब रुपैयाँभन्दा धेरैको क्षति

Views: 1000 107
0 0
Read Time:1 Minute, 26 Second

काठमाण्डौं,३ बैशाख । २०८० सालमा विपद्जन्य घटनाबाट चार सय ९३ जनाको ज्यान गएको छ । विपद्जन्य घटनाबाट ३१ जना बेपत्ता भएका छन् भने एक हजार छ सय १६ जना घाइते भएका छन् । गएको वर्ष छ हजार चार सय चार विपद्जन्य घटना भएकामा त्यसमा परेर ८० हजार सात सय १६ परिवार प्रभावित भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेले जानकारी दिनुभयो । विपद्जन्य घटनाका कारण पाँच अर्ब ४२ करोड ५६ लाख रुपैयाँको क्षति भएको छ ।
गएको वर्ष पहिरो, बाढी, डुङ्गा दुर्घटना, चट्याङ, सर्पदंश, आगलागी, भारी वर्षा, गैरप्राकृतिक विपद्, हुरीबतास, भूकम्प, फ्लु, जनावर आक्रमण, हिमपहिरो, डढेलो, हिमपातलगायतका घटना भएका थिए । गएको वर्ष कात्तिकमा गएको जाजरकोट भूकम्पबाट सबैभन्दा धेरै एक सय ५५ जनाको ज्यान गएको छ । त्यसपछि धेरै क्षति आगलागीका कारण भएको सहसचिव पाण्डेले बताउनुभयो । विभिन्न ठाउँमा भएका आगलागीका कारण एक सय छ जनाको ज्यान गएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *