कक्षा ८ को परिक्षामा विद्यालयबाट कुनैपनि विद्यार्थी पास हुन नसकेपछी प्रअद्धारा राजिनामा

Views: 1000 100
0 0
Read Time:2 Minute, 52 Second


तुलसीपुर, ३ बैशाख ।  दाङको दंगीशरण गाउँपालिका–१ मा रहेको आधारभुत विद्यालय बाँकीबेटारपुरका प्रध्यानाध्यापक प्र्रेम विष्टले पदबाट राजिनामा दिनुभएको छ । विगत ५ बर्षदेखी प्रअको जिम्मेवारी समाल्दै आउनुभएका विष्टले एक कार्यक्रमका बिच विद्यालयका शिक्षक दिपक विष्टलाई प्र्रधानाध्यापकको जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो । पहिले देखी नै राजिनामा दिने विचार भएपनि केहीदिन अगाडी मात्रै सार्वजनिक भएको कक्षा ८ को परिक्षामा समेत विद्यालयबाट कुनैपनि विद्यार्थी पास हुन नसकेपछी जिम्मेवारीमा बसिरहन उचित नठानेको उहाँले बताउनुभयो । धेरै प्रयास गरेपनि विद्यालयको शैक्षिक गुणस्तर सुधारमा खासै काम गर्न नसकेको महसुस भएको उहाँको भनाई छ । सबैको साथ सपोर्ट हुदाहुदै पनि विविध कारणले विद्यालयलाई अगाडी बढाउन आफु असफल भएको  उहाँले स्विकार गर्नुभयो ।
पदमा रहदा अन्य प्रशासनिक काममा व्यस्त हुने भएकाले विद्यालयको शैक्षिक गुणस्तर खस्किन पुगेको भन्दै अब शिक्षकको नाताले विद्यालयलाई अगाडी बढाउने कोसिस गर्ने उहाँले बताउनुभएको छ । कक्षा ८ को परिक्षामा सबै विद्यार्थी अनुतिर्ण हुनुमा शिक्षक सँगसँगै स्वयम विद्यार्थी र अभिभावक समेत जिम्मेवार (जवाफदेही) हुनुपर्ने उहाँको भनाई छ । यता भर्खरै मात्र प्रधानाध्यापकको जिम्मेवारी पाउनुभएका दिपक विष्टले सबैको सरसल्लाह अनुसार अब विद्यालयलाई अगाडी बढाउने बताउनुभएको छ । विद्यार्थीको नतिजा कमजोर भएको अवस्थामा आफुले प्रअको जिम्मेवारी पाएको भन्दै उहाँले अब यसलाई सुधार्दै लैजाने बताउनुभयो । सबैसँगको रायसुझाव र छलफलबाट विद्यालयको शैक्षिक गुणस्तरमा सुधार गर्ने भन्दै अबका दिनमा विद्यार्थीको नतिजा यस्तो हुन नदिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । विद्यालयलाई जातिय भेदभाव मुक्त गराउने र राजनितीकरण हुन नदिने समेत उहाँले दाबी गर्नुभएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *