0
0
Read Time:56 Second
सल्यान, ५ बैशाख । दाङको घोराहीबाट रुकुमतर्फ जादै गरेको यात्रुबाहक बस सल्यानको थारमारेमा दुर्घटना भएको छ ।
बुधबार दाङको घोराहीबाट रुकुमतर्फ जादै गरेको रा १ ख २०८५ नम्बरको यात्रुबहाक बस बिहान करिब ११ बजेतिर बागचौर नगरपालिका २ थारमारे नजिकै राप्ती राजमार्ग अन्तर्गत ठिनबाङ खोलाको पुलमा दुर्घटना भएको हो ।
दुर्घटनामा परि करिब आधा दर्जनभन्दा बढी यात्रु घाइते भएको र दुईजना गम्भीर रहेको घटनास्थलमा रहेका प्रहरीले जनायको छ ।
अहिले घाइतेहरुलाई उद्दार गरेर बागचौर तर्फ उपचारका लागि पठाइएको छ । बस पुलबाट तल खोलामा खसेको छ ।।