Read Time:1 Minute, 5 Second
तुलसीपुर, ६ बैशाख । दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–१८ मानपुर निवासी शर्मिला चौधरीको ५ वर्षीय छोरा सुशान्त चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।
उहाँका अनुसार न्यु स्टार बोर्डिङ शिक्षक तुलसीपुर–१६ निवासी ३० वर्षीय मोहन बस्नेतले चलाएको रा ३ प २५२० नम्बरको मोटरसाइकलले मानपुर डुरुवा सडकखण्डमा आज बिहिबार बिहान १० बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनााम परी गम्भिर घाइते भएका बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा पौने १२ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।।