तुलसीपुरमा माताको भेषमा मन्दिर गएर मूर्ति र घण्टी चोर्ने ३ जना पक्राउ

Views: 1000 96
0 0
Read Time:1 Minute, 12 Second


तुलसीपुर, १० बैशाख ।  दाङमा मन्दिरको मूर्ति र घण्टी चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर–१७ वनकट्टी निवासी तिला वली, सुन्तली बस्नेत र छपन्या चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार उनीहरुलाई दाङको पर्यटकीयस्थल तुलसीपुर–१९ छिल्लिीकोटमा रहेको कालिका–मालिका मन्दिरमा माताको भेषमा गएर मूर्ति चोरी गरेको आरोपमा पक्राउ गरिएको हो ।
उनीहरुले हिजो आइतबार दिउँसो मन्दिरबाट पाँच थान घण्टी र तीन थान मूर्ति चोरी गरेका थिए । तीनै जनाले आफूहरु माता रहेको र भगवानले दिएको भन्दै मूर्ति र घण्टी ल्याएको दाबी गरेका छन् । उनीहरुलाई सार्वजनिक सम्पत्ति चोरीविरुद्ध मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *